रुपन्देहीको मतगणना आजै रातिदेखि

रूपन्देही | मंसिर ४, २०७९

रुपन्देहीको मतगणना आजै रातिदेखि बागलुङ नगरपालिका–२ स्थित बालमन्दिर मतदान केन्द्रमा मतदान सम्पन्न पश्चात मतपेटिका सिल पश्चात गणनाका लागि लगिंदै ।

रुपन्देही:   रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणना आजैदेखि सुरु गर्ने तयारी गरिएको छ ।


जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रवक्ता टेकराज पन्थीका अनुसार सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेपछि सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुनेछ । “समय तय भएको छैन तर, आजै रातिदेखि मतगणना सुरु हुन्छ”, उहाँले भन्नुभयो ।


जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने उहाँले बताउनुभयो । क्षेत्र नं १ को देवदह नगरपालिकास्थित शीतलनगर देवदह आदर्श बहुमुखी क्याम्पसमा मतगणना हुनेछ ।


त्यसैगरी क्षेत्र नं २ को बुटवल उपमहानगरपालिका कार्यालय, ३ को भैरहवा उच्च मावि भैरहवामा, ४ को कोटहीमाई गाउँपालिकाको भवनमा र ५ को गैडहवा गाउँपालिकाको भवनमा मतगणना हुने प्रवक्ता पन्थीले बताउनुभयो ।


आज भएको निर्वाचनमा यस जिल्लामा करिब ६६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्